दोहोरो अंकले बढ्यो सेयर बजार

लोकपथ
13
Shares

काठमाडौं । बुधवार सामान्य अंकको गिरावट आएको सेयर बजार (नेप्से) परिसूचक बिहीवार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २७ दशमलव ७२ अंकले बढेर नेप्से २ हजार ६८ दशमलव ४२ बिन्दुमा पुगेको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्सतर्फ ५ दशमलव ५१ अंकले बढेको बजार फ्लोट इण्डेक्सतर्फ १ दशमलव ८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्सतर्फ १ दशमलव ६९ अंकले बढेको छ । आज कारोबारमा आएका २ सय २० कम्पनीको ५१ लाख १ हजार २ सय ९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार साढे १ अर्बभन्दा कमको सेयर कारोबार भएको थियो ।

बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक सकारात्म देखिएका छन् । जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन् । त्यस्तै, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । बिहीवार नेप्से बढेसँगै चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै,हिमालयन हाइड्रोपावर र बलेफि हाइड्रोपावर सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर यता,सपोर्ट माइक्रोफाइनान्सकोे मूल्य ३ प्रतिशतले घटेको छ । आज रिडी हाइड्रोपावर कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?