विवेकशील साझाको प्रवक्ताबाट पाठकले दिए राजीनामा

लोकपथ
143
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो । पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?