नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’ अफर

लोकपथ
13
Shares

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । टेलिकमका अनुसार भदौ १ बुधवारदेखि इन्डिया भ्वाइस प्याक सेवा लागू गरेको हो । यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने छ ।

इन्डिया भ्वाइस प्याक–डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी, विक्ली अफर अन्तर्गत सात (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश दुई सय ५९ रुपैयाँ र सात सय ५९ रुपैयाँमा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट एस्ट्रीक १४१५ ह्यास मा डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमले बताएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?