डेङ्गू लाग्नबाट जोगिन जानिराखौं यी उपाय

लोकपथ
455
Shares

काठमाडौं । डेङ्गू संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । यो ‘एडीस एजिप्टी’ र ‘एडीस एल्बोपिक्टस्’ प्रजातिका लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ । नेपालमा पनि पछिल्लो केही समय यता डेङ्गूका बिरामी बढ्दै गएका छन् । देशको तराई क्षेत्रमा डेङ्गूका बिरामीहरु बर्षेनी फेला पर्ने गर्दछन् ।

डेङ्गू रोग लाग्दा एक्कासि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्यकुरामा रुचि नलाग्नेलगायतका लक्षणहरु देखा पर्छन् । यस्ता लक्षणहरु देखा परेमा तुरुत स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ ।

डेङ्गू लामखुट्टेको टोकाईबाट लाग्ने रोग भएका कारण यसबाट बच्न लामखुट्टेबाट जोगिनुपर्छ । लामखुट्टेबाट बच्न पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल तथा ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न दिनु हुँदैन् ।

त्यस्तै, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, साँझ र विहान करेशाबारीमा जाँदा, घर बाहिर बस्दा, पार्कमा जाँदा तथा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउने, गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा एक सातामा एक पटक फेर्ने, पानी जम्मा गर्ने भाडालाई लामखुट्टे नछिर्ने गरि छोपेर राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?