नागरिकता विधेयक संसदबाट सबैकाे सहमतीमै पारित गरौं : वर्षमान पुन

लोकपथ
65
Shares
sf7df8f}F, !& h]7M k|ltlglw;ef a}7sdf g]tf k’g k|ltlglw;efsf] dªunaf/ a;]sf] ah]6;DaGwL 5nkmndf dGtJo /fVb} g]skf-dfcf]jfbL s]Gb|_sf g]tf Pj+ k”j{ cy{dGqL jiff{dfg k’g . tl:a/M rGb|snf If]qL÷/f;;

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यकताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्य दैनिक जिवनका कुराहरु, अप्ठ्याराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ ।’

उनले आगामी दिनमा राष्ट्रिय सहमती बनाएर बैबाहिक अंगीकृत लगायतका विषयमा आत्मासात गर्दै, मनन् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘२०७५ मा प्रस्तुत गरिएको नागरिकता विधेयकमा म आफैं क्याविनेटमा थिए । पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याविनेटमा हुनुहुन्थ्यो । जहाँ यो वैबाहिक अंगीकृतको बारेमा कुनै व्यवस्था थिएन । पछि हाउसमा, समितिमा प्रस्तुत भयो, छलफल भयो । केही नयाँ व्यवस्थाहरु भए त्यसमा । तर, सहमती बन्न सकेन । बहुमतले पास गरेर ल्यायो । त्यो कुरा तत्कालीन माननीय केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गर्‍याैं ।’

उनले नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय बनाउन नहुने बताए । नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?