दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला रक क्लाइम्बिङ गर्नेको संख्यामा वृद्दि भएको छ ।
विमलनगरमा रहेको दक्षिण एशियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
गुफा अवलोकन र गुफाभित्र रहेका वस्तुको खोजबिन गर्नका लागि पनि अहिले पर्यटकको वृद्धि भएको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।
यो गुफा पृथ्वीराजर्मागको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमाथि डाँडामा छ । विमलनगरबाट करिब आधा घण्टाको यात्रा गरी पुगिने गुफामा जो कोही पनि मोहित हुन्छन् । विभिन्न जीवजन्तु तथा भगवानका आकृति र चमेरोका कारण उक्त गुफा आकर्षकको केन्द्रबिन्दु बनेको हो ।
करीब ४ सय मिटर लामो यस गुफाभित्र समयअनुसार विभिन्न खेल हुने गरेकाले पनि गुफा अवलोकनका लागि दैनिक २ सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष श्रेष्ठले बताए । विमलनगरमै साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङका लागि समेत पर्यटकको आवागमन बढेको छ ।
चट्टान आरोहण र यहाँको प्राकृतिक सुन्दरताले पनि लोभ्याउने गरेको रक क्लाइम्बिङ गर्न आउने पर्यटकले बताएका छन् ।
एक सय पचास मिटर लम्बाइ र १५ मिटर चौडाइ रहेको सो पहरा हिमाली क्षेत्रबाहेक राजमार्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट र लामो आरोहण मार्ग भएको अध्यक्ष श्रेष्ठले बताए ।
पृथ्वीराजमार्गसँगै जोडिएको उक्त क्षेत्रमा आउने पर्यटकले मस्र्याङ्दी नदीमा र्याफ्टिङ गर्नुका साथै सिद्धगुफा अवलोकन पनि गर्न सक्ने भएकाले रक क्लाइमिङ गर्ने पर्यटक बढेको उनले बताए ।
हाल चुनपहरामा दुई मिटरको फरकमा ११ क्लाइमिङ रुट खोलिएका र एकैपटक २२ ले जनाले क्लाइम्बिङ गर्न मिल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया