भीम रावलको व्यंग्यात्मक कविता : ‘देशको हाल के भन्नु यहाँ बेहाल र गोलमाल छ’

लोकपथ
130
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद डा.भीम रावलले नागरिकता विधेयकलाई सर्वसम्मत रुपले पारित गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभामा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा पुनः छलफलमा भाग लिँदै सांसद रावलले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रियताको रक्षाको लागि उपयुक्त मात्रै नभई, कर्तव्य भएको बताए ।

उनले कवितात्मक शैलीमा भने, ‘देशको हाल के भन्नु यहाँ बेहाल र गोलमाल छ, नागरिकता जस्तो सस्तो छ सारै स्वाधीनता दाउमा छ ।’

उनले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन आग्रह गरे । राष्ट्रपतिको सन्देशमा उठाइएको उपयुक्त भएको भन्दै गम्भीर रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिजीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार राज्य व्यवस्था समितिको प्रतिवेदन लगायत नागरिकताका समग्र पक्ष विचार गरेर यसलाई पुनर्विचारका लागि पठाउनु उचित मात्रै होइन, राष्ट्रियताको रक्षाको लागि उपयुक्त मात्रै होइन, राष्ट्रियताको रक्षाको लागि यहाको कर्तव्य नै हो ।’

उनले विधेयक पुनर्विचारका लागि पठाउनु संविधान सम्मत, राजनीतिगत कुनै किसिमले हेर्न नहुने टिप्पणी गरे । ‘संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई यो उहाले पुनर्विचारको लागि धारा ११३ प्रयोग गरेको कुरालाई एकै ठाउमा राखेर चर्चा गर्नु संविधान सम्मत, राजनीतिगत कुनै किसिमले पनि उचित छैन, उनले भने, ‘कतिले नेपालको नागरिकता गैर कानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौं ।

अनि बल्ल थाहा हुन्छ कतिले पाएका छैनन् भन्ने कुरा । भारत, बंगलादेश, माल्दिभ्स, भुटान लगायत संसारका अरु देशमा नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले राजनीतिक बाहेकका अधिकार अस्थायी आवासीय परिचयपत्र प्राप्त गर्ने र सात वर्षपछि अंगीकृत नागरिकता पाउनुपर्छ भन्नु कसरी गलत हुन्छ ?’

प्रतिनिधि सभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?