यसरी टुंगिएको थियो राधा-कृष्णको प्रेमकथा

लोकपथ
858
Shares

हाम्रो पौराणिक इतिहासमा भगवान कृष्ण र राधाको महत्त्वपूर्ण स्थान छ। हामी धेरै धार्मिक ग्रन्थहरूमा दुवैको प्रेम उल्लेख भएको पाउछौँ। भगवान कृष्ण र राधा एकअर्काको हुन नसके पनि आज पनि प्रेमको प्रतीकका रूपमा दुवैको नाम पहिले लिइन्छ ।

गर्ग संहितामा राधा र कृष्णका धेरै रमाइला किस्साहरु उल्लेख छ। कृष्ण र राधाको प्रेम सम्बन्ध र उनका धेरै कथाहरू फिल्म र सिरियलहरूमा देख्न सकिन्छ । तर, राधा र कृष्णको प्रेमकथाको अन्त्य कसरी भयो भन्ने कुरा कमैलाई थाहा होला । आउनुहोस् कृष्ण जन्माष्टमीमा उनीहरुको प्रेम के भएको थियो भन्ने बारे चर्चा गरौँ ।

पौराणिक कथाहरू अनुसार भगवान कृष्ण राधालाई फेरि फर्केर आउने वाचा दिएर गएका मथुरा गएका थिए । तर, धेरै समय बित्दा पनि कृष्ण फर्केर नआएपछि राधाले रुक्मिणीसँग विवाह गर्छन्।

जब कृष्णले वृन्दावन छोडे । त्यसयता कथाहरुमा राधाको उल्लेख कम हुन थाल्यो। वृन्दावन छोडेर गएका कृष्णले मथुरा पुगेर मामा कंशलाई मार्छन्। त्यसपछि उनी द्वारीका जान्छन् ।

कृष्णले वृन्दावन छोडेपछि राधाको जीवनले फरक मोड लिन्छ। ब्रह्मवैवर्त पुराणको प्रकृति खण्ड २ को अध्याय ४९ को श्लोक ३९, ४० अनुसार राधाका मातापिताले उनलाई रायण नामक वैश्यसँग जोडिएको छ ।

बुढेसकालमा राधाले कृष्णलाई भेट्न द्वारीका जाने निर्णय गर्छिन्। पौराणिक कथाका अनुसार राधा कृष्णको दरबारमा देवीको रूपमा बस्न थाल्छिन् र हरेक दिन भगवान कृष्णलाई भेट्थिइन् ।

केहीसमयपछि उनले द्वारीका छोडिन्। एक दिन अचानक भगवान कृष्ण राधाको अगाडि देखा पर्छन् र उनको इच्छा के छ भनेर सोध्छन् ।

त्यसपछि राधाले कृष्णको दिव्य बाँसुरी सुन्ने इच्छा व्यक्त गर्छिन्। कथा अनुसार श्रीकृष्णले आफ्नो दिव्य बाँसुरी राधाका लागि बजाउछन र सुमधुर धुन सुनेर राधा भगवान कृष्णमा विलीन भएकी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?