काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई जबरजस्ती र जिद्दी तरिकाले अगाडि बढाएमा समाज विभाजित हुने र यसले गम्भीर रूप लिनेतर्फ सचेत गराएकाे छ ।
बिहीबार प्रतिनिधि सभामा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा पुनः छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनमत विभाजित नगर्न आग्रह गरे । उनले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन अचाग्रह गरे । राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उनले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गरे ।
उनले सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै जबर्जस्ती गरेर टाउकोको गन्तिका आधारमा गर्ने हो भने यसको दुश्परिणाम राम्रो नहुने चेतावनी दिए ।
‘यस्तो संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्ने काम गर्नु उचित हुन्न । हामीलाई अहिले एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो यो टुंग्याउनु जरूरी छ’, उनले भने, ‘यसमा प्रमुख प्रतिपक्ष दल रचनात्मक ढंगले सहयोग गर्न तयार छ ।
तर, यसलाई जबरजस्ती गरेर टाउकाको गन्ती गरेर यसको आधारमा गरियो भने यसका परिणाम र दुश्परिणामहरू राम्रो हुँदैनन् ।’ उनले टाउकाको गणना ठूलो कुरा नभएको र विवेकको गणनाका सबैभन्दा ठूलो कुरा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया