काठमाडौं । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।
कर्णाली प्रदेशको हुम्लास्थित सिमिकोटमा निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ । हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् ।
पर्यटकीय दृष्टिकोणले निकै नै रमणीयरुप रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ । होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरेट प्याकेजसहितको सेवा प्रदान गर्ने जनाएको छ ।
मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मीक पर्यटन प्रवर्द्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । होटल पर्यटन र पारिवारिक जमघटको लागि अती उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया