प्रि–ओपन सेसनमा एक अंकले नेप्से बढ्यो

लोकपथ
35
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने चार स्टकको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?