१५ सांसद ‘गयल’को कारण : छोरीको ग्राजुऐसनमा अमेरिका जानेदेखि घरायसी कामसम्म

लोकपथ
196
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा निरन्तर १० पटक अनुपस्थित हुनेहरुको कारणसहित नाम संसदलाई जानकारी गराएका छन् ।

सभामुख सापकोटाले जानकारी गराएको सूची अनुसार १५ सांसदले विभिन्न कारण अनुपस्थित भएको उल्लेख गरिएको छ ।

जसमा धेरै सांसदहरु घरायसी काम, उपचार वा पारिवारिक कामका लागि समेत बिदा बसेको जानकारी गराएका छन् ।

सूची अनुसार सांसद भीमसेनदास प्रधान छोरीको ग्र्याजुएसनका लागि अमेरिका गएको, प्रदीप गिरी अस्वस्थ, तुल्सी थापा, अमेरिका भ्रमण, गंगा चौधरी (सत्गौवा) उपचारको लागि भारत गएको उल्लेख गरिएको छ । त्यसैगरी धर्माशीला चपागाई घरायसी कामका लागि बिदा, रघुवीर महासेठ श्रीमतीको स्वास्थोपचारका लागि अमेरिका गएको उल्लेख गरिएको छ ।

पछिल्लो समय संसदमा गणपुरक संख्या नपुगेपछि धेरै पटक संसद बैठक स्थगित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?