काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टाउकोको गिन्तीका आधारमा नागरिकतासम्बन्धि पहिलो शंसोधन विधेयक २०६३ पास नगर्न आग्रह गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन् ।
‘तपाइंँहरु गिन्तीको आधारमा त धेरै हुनुहोला तर त्यसलाई गिन्तीकै आधारमा पास गर्न लागियो भने त्यसले भोलिको परिणाम राम्रो नआउला’ उनले भने ।
त्यसैगरी राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको उक्त विधेयकमा अवसर प्रदान गरेको भन्दै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।
संसदको दुवै सदनले पास गरि प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको लागि पुनः सदनमा पठाएकी हुन् । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पुनर्विचारको लागि प्रस्ताव पेश गरेका छन् । सो विषयमा संसदमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया