काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकतासम्बन्धि विधेयक पहिलो संशोसन प्रस्ताव पुनर्विचार गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।
बिहीबार बसेको बैठकमा गृहमन्त्री खाणले सो प्रस्ताव पेश गरेका हुन् ।
यसअघि संघीय संसदका दुवै सदनले पारित गरेको उक्त विद्येयक राष्ट्रपतिले सन्देशसहित केही प्रावधान संशोधनका लागि सरकार समक्ष पठाएकी थिइन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त विधेयकका विषयमा केही संशोधनका लागि आग्रह गरेको छ । विदेशी बुहारीले बिहे पश्चात नागरिकता पाउने विषय गम्भीर रहेको उनको एमालेको भनाइ रहेको छ ।
यसअघि एमालेले अध्यादेशमार्फत् ल्याएको उक्त विधेयक संसदमा थन्किएर बसेको अवस्थामा वर्तमान सरकारले त्यसलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया