प्राधिकरणले विपद् व्यवस्थापन जानकारी दिन ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ । इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताएका छन् ।

इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ । विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा सत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीनवटा शत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा.भट्टराईले आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने प्राधिकरणको उद्धेश्य रहेको बताए । विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरुका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा.भट्टराईको भनाई छ । इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रुपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरु वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?