ग्लोबल बैंकले दियो ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा

लोकपथ
91
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।

बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजात प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने बैकले विश्वास लिएको छ । यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँबाट भिडियो केवाईसी सेवामार्फत अनलाइनबाटै बैंकमा खाता खोल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?