छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला सुरु हुँदै

लोकपथ
0
Shares

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु हुँदैछ । मेला भदौ ६ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ । व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहनेछ ।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वद्धन गर्न मेला आयोजना गरिने भएको हो । महिला उद्यमी महांसघ नेपाल, नेपाल सरकारको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सानिमा बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ प्रालिले संयुक्तरूपमा मेला प्रायोजन गरेका छन् ।

मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?