१८ आश्विन २०७९, मंगलवार

महिला साफको नयाँ तालिका आगामी बुधबार सार्वजनिक हुने

२०७९,भाद्र,२,बिहीवार १०:३७

108
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

यदी फिफाको प्रतिबन्ध कायम रह्यो भने सेप्टेम्बर ५ देखि श्रीलंकामा हुने तय भएको साफ यु-१७ परिवर्तन हुने साफले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महिला साफ च्याम्पियनसिपको हकमा भने समूह र ढाँचा उस्तै रहने र ६ टिमलाई दुई समूहमा विभाजन गरिने साफको विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव र श्रीलंका फुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी राम्रो भएको र सरल ढंगले सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

साफ महिला च्याम्पियनसिप असोज ११ गतेदेखि दशरथ रंगशालामा हुने तय भइसकेको छ ।

यस्तै, साफले आफ्नो वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा उमेर समूहको खेललाई प्राथमिकमा राखिएको छ ।

आगामी कार्यक्रम :

साफ यु-२० महिला च्याम्पियनसिप-२०२३
साफ यु-१७ महिला च्याम्पियनसिप-२०२३
साफ यु-१९ च्याम्पियनसिप-२०२३
साफ यु-१६ च्याम्पियनसिप-२०२३

 

प्रकाशित मिति: २०७९,भाद्र,२,बिहीवार १०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४