लोकपथ टप फिप्टिन हेडलाइन्स : नेतालाई भागबन्डाकै चटाराे, फाेहाेरले काठमाडाैं गनायाे

लोकपथ
130
Shares

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने कार्यदलको तयारी ।

२. महाधिवेशन सकिएको ९ महिनापछि माओवादी केन्द्रले स्थायी कमिटिलाई दियो पूर्णता, ४१ सदस्यीय स्थायी कमिटि बिस्तार, बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने ।

३.नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपति समक्ष पठाउने सत्ता गठबन्धनको निर्णयप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा आक्रोश व्यक्त, गठबन्धनले तर्क नभई बलको आधारमा घमण्ड गरेको जिकिर ।

४. बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एकजना स्थानीय पक्राउ, दुई जना एसपीको कमाण्डमा ३ सय बढी सुरक्षाकर्मी परिचालन ।

५. आजबाट सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध, सिलिन्डर लिएर जो कोही आएपनि गेटबाटै फर्काउन गृह मन्त्रालयको आदेश ।

६. देश संघीय ढाँचामा गएको वर्षौं बितिसक्दा पनि अझै टुङ्गो लागेन प्रदेश १ को नाम, पार्टीका आ–आफ्ना अडान र नेताहरुको केन्द्रीकृत भावनाले प्रदेशको नामाकरण हुन नसकेको प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको आरोप ।

७. रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षअघि शिलान्यास भएको पूल निर्माण कार्य अझै सकिएन, करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य ।

८. आगामी आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा अझै बढाउने कार्यकारी निर्देशन कुलमान घिसिङ दाबी, देशभरका विभिन्न स्थानमा फास्ट चार्चिङ स्टेसन बनाउने घोषणा ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ३ सय ८३ परीक्षणमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय २८ जना संक्रमणमुक्त ।

१०. तीन वर्षको अवधिमा ९ अर्बको हातहतियार नेपाल भित्रियो, गत आर्थिक वर्षमा मात्रै दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको हातहतियार आयात ।

११. साताको चौथो कारोबारका दिन बुधबार सेयर बजारमा सामान्य गिरावट, नेप्से ० दशमलब ३६ अंकले घट्दा १ अर्ब ४० करोडको कारोबार ।

१२. बाइडेनद्वारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर, राष्ट्रपतिको हस्ताक्षरसँगै विधेयकले लियो कानूनको स्वरुप ।

१३. उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका दुई जना सुरक्षाकर्मीको गोली हानी हत्या, खोप अभियान मुस्लिमहरूलाई बाँझो बनाउने पश्चिमी षड्यन्त्र भएको खोप विरोधीहरुको दावी ।

१४. नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टीको बलिङ वरीयतामा सुधार, नयाँ बरियता अनुसार लामिछाने ४० औं स्थानमा ।

१५. आफुले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाउँदै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरको भनाइ, कमजोरीहरुलाई सुधारेर राम्रो नतिजा ल्याउने प्रशिक्षकको प्रतिबद्धता ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?