लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

लोकपथ
104
Shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध पिडित चिलवालले प्रहरी चौकी धमिलिकुवाँमा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलवार राईनास नगरपालिका ६ मा नेपालीलाई फेला पारी नेपालीकोे शरिरबाट मोबाईल फोन, घडी र नगद १ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको सूचना अधिकारी रेग्मीले बताए ।

बुधवार नेपालीलाई जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार राईनास नगरपालिका ७ सालफेदी बस्ने अनिता चिलुवालको घरमा कोही नभएको मौकापारी नेपालीले करिव ३ लाख १६ हजार ४ सय बराबरको सुनको ब्रासलेट, औठी, सुनको पन्चरत्ने बाला, मोबाईल सेट र घडी चोरेको आरोपमा पक्राउ गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?