२१ आश्विन २०७९, शुक्रवार

सल्यानबाट नियन्त्रणमा लिइएकाे पाटेबाघ बाँके राष्ट्रिय निकुञ्ज पठाइयाे

२०७९,भाद्र,१,बुधबार २०:१४

153
Shares

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका-५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए ।

कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस अघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षिय राम बहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यहि हुन सक्ने अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार २०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी भएकामध्ये ११ जनाको शव सनाखत भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५