हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटलबीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । आज (बुधवार) एक समारोहकाबीच काठमाडौंको त्रिपुरेश्वरमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटल लिमिटेडका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिबिआईएल क्यापिटलले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २० मेगावाटको सागुँ खोला जलविद्युत आयोजना र ५ दशमलव ५० मेगावाटको सागुँ खोला १ जलविद्युत आयोजना गरी जम्मा २५ दशमलव ५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?