अब सानिमा बैंकमा ‘फेमिली सुपर सेभिङ्ग’ खाता खोल्न सकिने

लोकपथ
52
Shares

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवारका सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख सम्मको औषधी उपचार बीमा सहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।

वार्षिक ८ दशमलब ०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको अवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको पनि बैंकले व्यवस्था गरेको छ ।

यसबाट ग्राहकहरुलाई औषधी उपचार खर्च गरी बीमा बापत् सोध भर्ना लिनुपर्ने झन्झटबाट छुट्कारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नम्बर उपलब्ध गराएर औषधी उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

साथै, भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले जानकारी दिएका छन् ।

हाल सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २७ कार्यालय र १ सय २० वटा एटिएम सञ्चालनमा रहेको गुरागाईंको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?