काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर समूह (शेखर-गगन समूह)ले ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ। इतर समूहनिकट रहेका भ्रातृ संगठनहरुको संयोजनमा नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन् ।
नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए। सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला साथै जगदिश्वर नरसिंह केसी, गुरुराज घिमिरे, भुपेन्द्र जग शाहि लगायत नेताहरु सहभागी थिए ।
यस्तै, १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरु, नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष पदाधिकारि, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। तर समूहको नेतृत्व गर्दै आएको डा. शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन ।
खबरदारी सभाको संयोजन तरुण दलका नेता निरन्जन थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया