२१ आश्विन २०७९, शुक्रवार

सिद्धार्थ बैंक र विराटनगरको ह्यारिसन प्यालेसबीच छुट सम्झौता

२०७९,भाद्र,१,बुधबार २०:०१

45
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगर स्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेकी छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र खानाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्ने बताईएको छ । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको ईजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार २०:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२