ट्राफिक प्रहरीको कारवाहीमा परे कलेजका ५१ विद्यार्थी

लोकपथ
234
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै गरिएको ट्राफिक चेकजाँच अभियानमा उक्त संख्यामा नियम पालना नगर्ने विद्यार्थीहरु कारवाहीमा परेका हुन् ।

जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना , आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारवाहीमा परेका छन् ।

यस्तै, आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना , एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

यता, मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक पनि कारवाहीमा परेको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?