माओवादी स्थायी कमिटी बैठक : बिहीबार पदाधिकारीको टुंगो लगाउने

लोकपथ
52
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताए । उनले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताए । प्रवक्ता महराले आजको बैठकबाट करिबकरिब टुंगोमा पुगेको र बिहीबारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताए ।

उनले भने, ‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौं । संगठनमा खास गरेर केन्द्रीय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषयमा हाम्रो विस्तृत छलफल भयो ।

करिबकरिब हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौं । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल सुरु भयो ।’ प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीबार ८ बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?