२१ आश्विन २०७९, शुक्रवार

पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता

२०७९,भाद्र,१,बुधबार १६:४०

45
Shares

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।

४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए । यस्तै, महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैँटौँ स्थान प्राप्त गरेकी थिइन् ।

यसै अवसरमा नेपाल शारीरिक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई मालदिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिति थियो । ५५ औं संस्करण नेपालमा आयोजना हुने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १६:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयको

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ । समूह ए अन्तर्गतको

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४