मोरङ कारागारमा शुद्ध खानेपानी जडान

लोकपथ
104
Shares

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा मोरङ कारागार कार्यालयमा शुद्ध खानेपानी जडान गरिएको छ । कारागार कार्यालय मोरङ्गमा लगभग १ हजार १ सय कैदी रहेका छन् । खानेपानी जडानले त्यहाँ रहेका १ हजार १ सय कैदी लाभान्वित हुनेछन् ।

उक्त कारागारमा पानीमा कन्डक्टीभिटी, आईरन, म्याग्नासिन, आर्सेनिकको मात्र बढी भई छाला सम्बन्धी एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखा परेको थियो । अब नयाँ प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विश्वास छ । लघुवित्तद्वारा जडित प्लान्टको नाम वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ ।

कारागारमा जम्मा तीन वटा प्लान्ट संख्या रहेका छन् भने उक्त प्लान्ट जडान गर्न जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साथै फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् र यस प्लान्ट तयार पार्दासम्मको लागत चार लाख रुपैयाँ खर्च भएको मैनालीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?