विशेष बजेट अन्तर्गत सडक निर्माणको योजना पर्दैन : डा.विश्वनाथ पौडेल

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् । बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा.पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने उनले भनाइ छ । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरु सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए ।

उनले भने,‘ स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाहरुले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै छ । जस्तो सडक निर्माणको लागि माग गरेको बजेट विशेषमा अन्तर्गत रहेको छ । त्यस्तो गर्दा पाउनेले पनि नपाएको हुन्छ । गाउँपालिकाको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्नु हुन्छ त्यस्तो गरेर हुँदैन योजना आयोगको फर्मल च्यानलमा हाल्नुपर्छ ।’

उनले सांसदहरुले भित्रभित्रका साना सडक बनाउनु भनेपनि त्यो बिस्तारै हट्ने बताए । संघीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ त्यसैमा प्राथमिकता दिने हो । उनले भने, ‘स्थानीय तहले पाउने राजश्वहरु पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनु परेन ।

स्थानीय तहले जथाभावी खर्च गर्नु । पर्यटन क्षेत्रमा टिकट प्रणाली बनाउनु त्यो पैसा विपन्न तथा शिक्षा क्षेत्रमा हाल्नु । विपन्नलाई सहयोग गर्‍याे भने अर्को पटक चुनाव लड्न सजिलो हुन्छ । जनतालाई आफैँ भेटेर सबैसँग छलफल गर्नुस् ।’
उनले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?