१० आश्विन २०७९, सोमवार

बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबारबाट खुला हुने

२०७९,भाद्र,१,बुधबार १३:५५

0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यसआधारमा सामूहिक लगानी कोषहरूले कुल २२ हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले सात वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिनेछ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १३:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौंता भएको छ । सोमवार मेरियट होटलमा दुई बैंकबीच

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण असोज ३ गतेदेखि ५ गतेसम्म सौरहाको होटेल चितवन प्याराडाइजमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८