१० आश्विन २०७९, सोमवार

भदौभित्र सम्झौताका काम सक्न मन्त्री सिंहको निर्देशन

२०७९,भाद्र,१,बुधबार १३:३७

36
Shares

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् ।

२ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाइ निर्देशन दिएका हुन् । मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वनसम्बन्धी छलफलमा बुधबार सुर्खेतमा बोल्दै मन्त्री सिंहले उक्त निर्देशन दिएका हुन् ।

१० जिल्लाका कार्यालय प्रमुखले जिल्लामा काम गर्दा आइपरेका समस्याका विषयमा समेत मन्त्री सिंह र सचिव देवराज निरौलालाई जानकारी गराएका थिए । हिमाली जिल्लामा काम गर्दा सबैभन्दा बढी समस्या भएको उक्त कार्यक्रममा सहभागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाका प्रमुख अकल महतले बताए । सामग्रीको मूल्यभन्दा बढी ढुवानी भाडा खर्च हुने गरेको भन्दै उनले दूर्गममा काम गर्न समस्या भएको जानकारी गराएका थिए ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा सबै ठाउँमा स्थलमार्ग हुँदै पैदल हिँडेर काम गर्नुपर्ने र अधिकांश समय हिमपातका कारण तोकिएको समयमा काम पूरा गर्न नसकिने महतले बताए । डोल्पाका कार्यालय प्रमुख नविन थापाले उपल्लो डोल्पामा काम गर्न मुस्किल भएको बताए । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जले विकास निर्माणका काम गर्दा बाधा उत्पन्न गर्दा केही समस्या आउने गरेको उनको भनाइ छ ।

२५ असारमा २५ गते भुक्तानी दिने सिस्टम बन्द गरिँदा भारी मात्रामा काम गरेको रकम उपभोक्तालाई दिन नसकेको भन्दै तत्काल समस्य समाधान गर्न कार्यालय प्रमुखले मन्त्री सिंहलाई जानकारी गराएका थिए । सल्यान र जुम्लाबाहेक अन्य ठाउँमा करोडौँ रकम काम गरेको दिन बाँकी रहेको उक्त कार्यक्रममा बताएको छ । अघिल्लो वर्ष जस्तो यो वर्ष साना, टुक्रे योजना नभएका कारण काम गर्न समस्य नहुने भन्दै समयमै सबै काम सक्ने नीति अवलम्वन गर्न योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।

मन्त्रालयले यो पटक नयाँ तरिकाले काम गर्न खोजेको भन्दै मन्त्री सिंहले त्यसको हिस्सेदार सबै भएको जानकारी गराए । भुक्तानी दिने काम रोकिएको भएपनि अधिकांश जिल्लाको प्रगती विवरण सन्तोषजनक भएको सचिव देवराज निरौंलाले बताए ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १३:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक

काठमाडौं । नेपाल वायुसेवा निगमले सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार सोमवार (आज)बाट आफ्नो उडान

लमजुङ । समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

ताजा समाचार

गौतम धिमाललाई आईपीए अवार्ड
 २०७९,आश्विन,१०,सोमवार १६:११