१७ आश्विन २०७९, सोमवार

नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण

२०७९,भाद्र,१,बुधबार १४:५७

0
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । साउन २३ गते बसेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

उनले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका बताइएको छ । बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिंदै गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

साथै, उनले पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए । उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दे बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त, कार्यक्रममा नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिंदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर जबरा तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँलाई सद्भावको चाडका रुपमा लिइन्छ । साथै यो चाड माछा

काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १ सय २

काठमाडौं । दस बर्षपछि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९