माछापुच्छ्रेको नयाँ ग्राहक लक्षित योजना, केके छन् सुविधा ?

लोकपथ
104
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम स्मार्ट योजनामा नयाँ सुविधा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग एप, एमबीएल एम स्मार्ट योजनामा स्मार्ट लोन एगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको हो ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोबाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अवस्थामा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनै नपर्ने गरि अनलाईन तथा मोबाईल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्स्ट फिक्स डिपोजिटमा सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

यस एमबीएल एम स्माट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् ।

बैंकले एमबीएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?