प्रधानन्यायाधीश राणाविरुद्वको महाअभियोगबारे समितिमा छलफल गरिँदै

लोकपथ
52
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा छलफल सुरु भएको छ । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्नेछ ।

गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाअभियोग प्रस्ताव समितिमा गठन गरेपनि बैठक भने बस्न सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमति दिएपछि बैठकमा अध्ययन सुरु गरिएको हो ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाअभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

११ सदस्यीय महाअभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा.शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?