१७ आश्विन २०७९, सोमवार

तीन वर्षमा ९ अर्बको हातहतियार नेपाल भित्रियो, कुनकुन देशबाट आउँछ हातहतियार ?

२०७९,भाद्र,१,बुधबार १२:३२

180
Shares

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८.७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा हातहतियारहरु अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्स लगायतका देशबाट आउने गरेको छ ।

गत आर्थिक वर्षमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको विभिन्न हातहतियार आयात गरेको छ । सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपैयाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपैयाँको हातहतियार आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपैयाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो । पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ ।

उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपैयाँको हातहतियार आयात गरेको छ । दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००