जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

लोकपथ
104
Shares

जुम्ला । जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य वस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि वस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गोलभेडा उत्पादन हुने गरेको छ ।

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्वीन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्वीन्टल कालिकोट र ३ क्वीन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै, १०५ क्वीन्टल स्याउ सुर्खेत र अछाममा क्वीन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत् आलुबाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, ‘पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्वीन्टल र परम्पारगत प्रविधिमार्फत ४ क्वीन्टल आलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् ।

स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?