१८ आश्विन २०७९, मंगलवार

राधी विद्युत कम्पनीको खुद नाफा घट्यो

२०७९,भाद्र,१,बुधबार १२:१०

54
Shares

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १२ करोड ९७ लाख रुपैयाँबाट बढेर १३ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणको ३३ के.भी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याको कारण त्यसको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको जनाएको छ ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ भने सञ्चालन खर्च अझै बढेको छ । अघिल्लो वर्ष ४६ लाख १७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ४३ लाख रुपैयाँमा झरेको छ । यता, अघिल्लो वर्ष १ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष बढेर २ करोड १ लाख पुगेको छ ।

यसले गर्दा नाफा घट्न पुगेका छ । यसको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा छ ।

प्रकाशित मिति: २०७९,भाद्र,१,बुधबार १२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यतिबेला दसैँको माहोलले गाउँसहरलाई छपक्कै छोपिसकेको छ । सबै परिवार एकै ठाउँमा जम्मा भएर मीठो खाने, राम्रो लगाउने अनि रमाइलो

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक र होटल जल महल पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४