१२ मङ्सिर २०७९, सोमवार

राप्रपा प्रजातान्त्रिकमा पदाधिकारी मनोनीत

२०७४,आश्विन,३०,सोमवार १६:४०

0
Shares

 काठमाडौँ, ३० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको छ ।पार्टीको विधानअनुसार दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन गर्नुभएको हो भने महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिनुभएको छ ।यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।उहाँले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।नवनियुक्त पदाधिकारीले आजै पदबहाली गर्नुभएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १६:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले धनुषा क्षेत्र नम्बर ४ मा अग्रता बढाएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको

ताजा समाचार

स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१