सीपी गजुरेल समूहद्वारा आयोगमा दल दर्ता, विप्लव चुनाव बहिस्कारमा

लोकपथ
221
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो । शान्ति प्रक्रियामा आएपनि अझै पनि मुद्धाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । गजुरेल नेतृत्वको सो मोर्चा वैद्य समूहको एक घटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?