कर्णाली प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

लोकपथ
104
Shares

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी परियारले दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।

दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले साउन २५ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?