लोकपथ टप फिप्टिन हेडलाइन्स : बन्चरेडाँडामा ढुंगामुढा, इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय

लोकपथ
78
Shares

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक बहुमतले पारित ।

२. राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट सकियो, कांग्रेसले पनि निर्वाचन आयोगमा गरायो दल दर्ता, आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ८३ पुग्यो ।

३. नागरिकता विधेयक सबै दल एक भएर पारित गर्नुपर्ने नेकपा एमालेको प्रस्ताव, ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड ।

४ शिक्षामा सबैको न्यायोचित पहुँच आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, नेपालको चिनारी ज्ञानभूमि र शान्तिभूमि भएकाले एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना गर्न इतिहासबाट शिक्षा लिएर अघि बढ्नुपर्नेमा जोड ।

५ एउटै चुनाव चिन्ह प्रयोग गर्न माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आयोगमा दिए निवदेन, निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडा प्रयोग गर्ने बाटो खुल्यो ।

६. आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन सबै स्थानीय तहलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्र, जग्गा वर्गीकरणपछि मात्र गैरकृषि जग्गालाई स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्न सक्ने ।

७. पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, ५२६ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु ।

८. नेपाली र अमेरिकी सेनाबीच आजबाट संयुक्त सैन्य अभ्यास सुरु, अमेरिकी सेना नेपाल आएको भन्दै संसदमा सरकारको जवाफ माग ।

९. भारतबाट तेस्रोपटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, तर नेपालमा भने तत्कालै इन्धनको मूल्य नघटाउने नेपाल आयल निगमको निर्णय ।

१०. बन्चरेडाँडामा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप, आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेपछि प्रहरीद्वारा रबरको गोली र अश्रुग्यास प्रहार ।

११. मंगलबार फेरी घट्यो सेयर बजार, नेप्से परिसूचक २४.८३ अंकले घट्दा २ अर्ब ७३ करोडको कारोबार, १३ वटै सूचक नकारात्मक
घट्यो सेयर बजार ।

१२. पाकिस्तानको पन्जाब प्रान्तमा यात्रुबाहक बस र तेलको ट्यांकर ठोक्किँदा भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु, कयौँ घाइते, दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको प्रारम्भीक अनुमान ।

१३. नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई चारवटा मुद्दामा दोषी ठहर गर्दै सुनाइयो थप ६ वर्षको जेल सजाय, यसअघि सुकीमाथि लागेको १८ वटा अपराध अभियोग पुष्टि भए करिब १९० वर्षको जेल सजाय हुन सक्छ ।

१४. नवौं राष्ट्रिय खेलकुदको लागि बागमती प्रदेशले तयार ग¥यो खेलाडी छनोट मापदण्ड, मापदण्डमा पर्ने खेलाडीबाट छनोट गरी प्रदेश टिम तयार गर्ने खेलकुद विकास परिषद्को तयारी ।

१५. अल इन्डिया फुटबल फेडेरेसनलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगायो अनिश्चितकालीन प्रतिबन्ध, ए.आई.एफ.एफमा तेस्रो पक्षको हस्तक्षेप बढेको भन्दै फिफाले दिएको चेतावनी नमान्दा प्रतिबन्ध भोग्दै भारत ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?