स्प्राइटको अहिलेसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन, हरेक घण्टा स्मार्टफोन जित्ने अवसर

लोकपथ
78
Shares

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजनजित्ने मौका प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुने बताइएको छ । जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको हो । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यसै मध्येको एक प्रयास हो ।

यो अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्यु आर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मि.लि., ५०० मि.लि., १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुनेछ ।

साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् । पुरस्कार सम्बन्धि सम्पूर्ण शर्त र विवरणहरु कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ र पुरस्कार दाबी गर्नको लागि उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?