प्रभु क्यापिटलले ल्यायाे विशेष अफर, एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गर्दा १० प्रतिशतसम्म छुट

लोकपथ
52
Shares

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । आज (मंगलबार) प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बिचमा विशेष अफर सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा प्रभु क्याप १० उल्लेख गर्नु पर्ने छ ।

यसैगरी, क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत रोड हाउस पिजा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नु पर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?