१७ मङ्सिर २०७९, शनिवार

राप्रपा प्रजातान्त्रिकमा पदाधिकारी मनोनीत

२०७४,आश्विन,३०,सोमवार १६:४०

0
Shares

 काठमाडौँ, ३० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको छ ।पार्टीको विधानअनुसार दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन गर्नुभएको हो भने महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिनुभएको छ ।यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।उहाँले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।नवनियुक्त पदाधिकारीले आजै पदबहाली गर्नुभएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १६:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

ताजा समाचार

थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८
उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२