नेपाली क्रिकेट : पाँच महिनापछि ‘कमब्याक’ गरेका ज्ञानेन्द्र भन्छन्- एकदिवसीयमा ध्यान दिनुपर्छ

लोकपथ
169
Shares

काठमाडौं । पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन् ।

कीर्तिपुर स्थित टियु मैदानमा ‘कमब्याक’ पछि सञ्चारमाध्यमसँग बोल्दै ज्ञानेन्द्रले टिममा फर्कँदा खुसी भएको र अबको लक्ष्य ५० ओभरको खेलमा हुनुपर्ने बताएका छन् ।

‘कमब्याक हुनु खुसीको कुरा हो । खेलाडीको नाताले जहिले पनि खेलौं भन्ने हुन्छ । राष्ट्रिय टिममा खेल्न पाउनु कुनै पनि खेलाडीको लागि सपना हो । फेरि आउन पाएकोमा खुसी छु । फेरि टिमलाई योगदान गर्न सक्छु भन्ने छ,’ ज्ञानेन्द्र भन्छन् ।

गत मार्चमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट् (युएई)विरुद्ध खेले यता ज्ञानेन्द्र टिम बाहिर थिए । त्यसयता नेपालले केही अन्तर्राष्ट्रिय घरेलु श्रृंखला र बाहिर गएर खेलेको थियो ।

ज्ञानेन्द्रले सबै खेलाडी टिम भित्र नहुने र सबै आफ्नो बसमा नहुँदा टिममा फर्कनमा ध्यान दिएको बताए । ‘टिम बाहिर बस्दा गाह्रो भन्दा पनि स्वीकार गर्नुपर्छ । सबैभित्र हुँदैन । सबै यो समयबाट गुज्रिन्छ । सबै नियन्त्रणमा हुँदैन । त्यसैमा ध्यान थिए’, उनले भने ।

नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्लो वर्ष ज्ञानेन्द्र सहित दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तानी सुम्पिएको थियो ।

नेपालले आगामी महिना केन्यासँग पाँच टी २० श्रृंखला र तीन एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्दैछ । जुन खेल २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामै हुनेछ ।

यस्तै क्यानले मुख्य प्रशिक्षकमा भारतीय नागरिक मनोज प्रभाकरलाई नियुक्त गरेको छ । प्रशिक्षक पुवुदु दासानायकेले  टिम प्रशिक्षण गराउँदा बाहिर रहेका ज्ञानेन्द्र प्रभाकरको प्रशिक्षणमा फर्किएका हुन् ।

ज्ञानेन्द्रले जिन्दगी नै क्रिकेटमा बिताएको र यसबाट बाहिर रहँदा ‘मिस’ हुने बताए । ‘मैदानमा आउने खेल्ने, जिन्दगीनै यही बिताएको जस्तो लाग्छ । मेरो घर नै यही हो भन्छन् । श्रीमती र छोरी पास हुँदा, ‘उ घर आयो’ बाबाको भन्छन् । यसरी बिताएको जीवनी हो । यहाँ त्यसरी नहुँदा मिस हुन्छ । तर यो हुने नै हो ।  जिन्दगी फरक त हुन्छ नै,’ ३१ वर्षीय दायाँ हाते ब्याटर मल्लले भने ।

यस्तै, ज्ञानेन्द्रले अनुभवी कोचको निर्देशनमा एकदिवसीय खेलमा ध्यान दिएर केन्या टुर जित्न खेल्ने बताए । ‘कोच अनुभवी हुनुहुन्छ । हामीले सोचेको भन्दा राम्रो खेल्नुभएको छ । ५० ओभरमा फोकस हुनुपर्छ । केन्या भ्रमणमा जाने जित्न नै हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?