केएनपी नेरोल्याकले ल्यायो चाडपर्व लक्षित ‘पर्वसँगै रङ्गमा दङ्ग’ अफर

लोकपथ
39
Shares

काठमाडौं । केएनपी जापान प्राली कान्साई पेन्टस् जापानको सहायक कम्पनी तथा नेपालको अग्रणी पेन्ट ब्रान्डहरु मध्येको एक केएनपीले ‘पर्व सँगै रङ्गमा दङ्ग’ अफर ल्याएको छ ।

‘पर्व सँगै रङ्गमा दङ्ग’ भन्ने चाडपर्व अफर ग्राहक केन्द्रित रहेको र विशेषगरी चाडपर्व लक्ष्यित रहेको केएनपीले जनाएको हो । केएनपीका अनुसार अफरमा सहभागी हुन् ७५ हजार बराबरको पेन्टस् खरिद गर्नुपर्ने छ । जनु इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ ।

अर्कोतर्फ, यस चाडपर्वमा, ग्राहकहरुले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । कम्पनीलेमाथि बताएका मापदण्ड पूरा गर्ने हरके खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।

त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउनेदाबी गरको छ भने अन्तिममा ५ लाख रुपैँयाको एक जनालाई बम्पर उपहार पनि रहेको छ ।

यी दुई उपहारको विजतो लक्की ड्रमार्फत तय गरिने छ । केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ ।

सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?