माओवादी केन्द्रले युवालाई निषेध गरेको भन्दै वाइसीएलका इन्चार्जसहित महोत्तरीका दर्जनबढी युवा एमाले प्रवेश

लोकपथ
910
Shares

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई पार्टी प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशालाबाट समेत झण्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र टिका लगाएर प्रवेश गराएका थिए ।

निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठुलो समूह प्रवेश गर्नुलाई महत्वपूर्ण ढङ्गले हेरिएको छ । पार्टीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमालेले रोजेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?