खोटाङ जिल्ला अस्पतालमा बढे भाइरलका बिरामी

लोकपथ
78
Shares

खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरलका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पताल दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायत लक्षण देखिएको भन्दै बिरामीहरू आइरहेका छन् ।

जिल्ला अस्पतालको ओपिडिमा आइतबार र बुधबार एक सय ६० जना आएको जिल्ला अस्पताल खोटाङका डा। पुष्कल राईले बताए । अन्य दिन कम्तीमा एक सय बिरामी आएका थिए । चेकजाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोभिड–१९ को लक्षण देखिएको डा। राईले बताए ।

भाइरलबाट स्वयं जिल्ला अस्पतालका स्वास्थ्यकर्मी ग्रसित छन् । भाइरलले स्वास्थ्यकर्मी नै बिरामी परेपछि अस्पताल आउने बिरामी समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?