२१ आश्विन २०७९, शुक्रवार

चीनको स्मार्टफोन बजारमा ‘भिभो’ शीर्ष स्थानमा

२०७९,श्रावण,३१,मंगलवार १९:४३

45
Shares

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार २०२२ को दोस्रो त्रैमासिकमा १९ दशमलव ८ प्रतिशत बजार हिस्साका साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ । हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मुल्य दायरामा विश्वभरका ४ सय मिलियन भन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकहरुबाट ब्राण्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।”

नवीनता र प्रविधिमा विशेषत् केन्द्रीत भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकहरूको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको छ । उपभोक्ता–केन्द्रीत ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको बताएको हो । भी श्रृंखला, यसको क्यामेरा–केन्द्रित नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई श्रृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवको कारण युवाहरूको रोजाइमा परेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,३१,मंगलवार १९:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ

काठमाडौं । आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी)

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आइसिटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ ।

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५
कैलालीमा भारी वर्षा, अधिकास स्थान जलमग्न
 २०७९,आश्विन,२०,बिहीवार १८:०२